arrow

२०७८ सालको अन्तिम दिन सेयर बजारमा हरियाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
bull-stock-nepse-share.jpg
फाइल तस्बिर

काठमाडौँ। २०७८ को अन्तिम कारोबारको दिन  बुधवार नेप्से  ३० दशमलव २४ अङ्क बढेर २४१५ दशमलव २५ बिन्दुमा बन्द भएको छ। २०७८ सालको पनि अन्तिम कारोबारको दिन बुधवार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसीयाली दिएको छ। बुधबारेको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन्।

कारोबारको रकम भने मङ्गलवारको तुलनामा भन्दा पनि कमी आएको छ। बुधवार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ।

अत्यधिक बढ्नेमध्ये अदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्रो इन्डेक्स २ दशमलव १४ प्रतिशत  र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ। सधैँ जसो  शुक्रवार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत  बढेर २२६२.७ मा अन्तिम कारोबार भएको छ। यसै गरी अत्यधिक बढ्नेमध्ये आर यम डिसी लघुवित्त ८ दशमलव ९८ प्रतिशतले  बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९  प्रतिशतले बढ्दा  १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बड्दा १५००,  स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा  र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बड्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसै गरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अङ्क घट्दा ९४८ मा नयाँ सारथि लघुवित्त १९ अङ्क घट्दा ९८० मा र शिवश्री हाइड्रो ४ अङ्क घट्दा २९६ मा अन्तिम कारोबार भएको छ। अत्याघिक कारोबार हुने मध्ये शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ