- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो ।
राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे । गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेको थियो ।
गुजरातका कप्तान हार्दिक पाण्डयले ५२ बलमा अविजित रहँदै ८७ रन बनाए । यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे ।
जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।
५ खेलबाट ६ अंकसहित कोलकाता नाइट राइडर्स दोस्रो स्थानमा छ । पंजाब र लखनउको समान ६ अंक छ । मुम्बई इन्डियन्सले अहिलेसम्म अंकको खाता खुल्न सकेको छैन ।