arrow

स्याङ्जामा जीप दुर्घटना, वालिङका ५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
jeep syangja.jpg

पोखरा । स्याङ्जामा आज बिहान १० बजे जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं. १२ सिर्सेकोटबाट वडा नं. १३ को बाँयटारी बजारतर्फ जाँदै गरेको ग१ज ७३९९ नम्वरको जीप वालिङ नगरपालिका वडा नं. १२ को फिरफिरेमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी मृत्यु हुने सबै वालिङका वासिन्दा रहेका छन् । मृत्यु हुनेमा वालिङ् नगरपालिका वडा नं. १२ डाँडाखर्कका ६५ वर्षका बीरबहादर डाला मगर, वर्ष ४० की हिराकुमार डाला, ३५ वर्षकी शर्मिला सारु, उनका ७ वर्षका छोरा गौरव सारु र वालिङ नगरपालिका वडा नं. १४ की वर्ष ४५ की कुलकुमारी कनौचे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाईते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार घाइतेमध्ये तीन जना गम्भीर घाईतेलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । 

दुर्घटनामा परी गम्भीर घाईते हुनेमा वर्ष ६० वर्षका अंगबहादुर डाला, ५७ का दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नविना सारु रहेका छन् । 

११ जना यात्रु सवार जीप सडकबाट झण्डै एक सय मिटर तल खसेर चिलाउनेको रुखमा अड्किएको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ