arrow

आशा फर चिल्ड्रेन फाउण्डेसनद्वारा विद्यालय भवन निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
aasha-foundation.jpg

काठमाडौं । बालबालिका लागि शिक्षा भन्ने नाराका साथ शैक्षिक क्षेत्रमा काम गर्दै आएको आशा फर चिल्र्डेन फाउण्डेसनले नयाँ विद्यालय भवन बनाएको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका १० स्थित चितपोलमा आशा फर चिल्र्डेन फाउण्डेसनले नै सञ्चालन गरेको आशा शिक्षा सदनको नयाँ विद्यालय भवन आइतबार उद्घाटन गरिएको हो । 

उक्त अवसरमा विद्यालयकी प्रधानाध्यापक डा मलिका प्रसाईले विद्यालयमा दुई संस्थाका करिब ६७ जना बालबालिका रहेका र निकट भविष्यमा संस्थाको पहुँच ७७ जिल्लामा पुर्याउने लक्ष्य रहेको बताएकी छिन् ।

विद्यालयमा हाल युकेजीका बालबालिका रहेको र क्रमिक रुपमा विद्यार्थी थपिएसँगै थप कक्षा सञ्चालन गर्दै निकट भविष्यमा विद्यालयलाई १२ कक्षासम्म पुर्याइने प्रसाईले बताइन् ।

जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ समूह एवं नेपालसँंगै जर्मनीमासमेत रहेको संस्थाले विद्यालयको भौतिक संरचना निर्माण गरेको हो । नेपालमा शिक्षाको स्थिति बढाउनका लागि योगदान दिने उद्देश्यका साथ यी व्यक्ति एवं संस्थाले सहकार्य एवं विद्यालय निर्माणमा महत्वपूर्ण काम गरेको हो । आशा शिक्षा सदन करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ।

असहाय एवं गरिब बालबालिकाको शिक्षामा समर्पित आशा सन् २०२२को २० मार्चदेखि सञ्चालन आएको हो । उक्त विद्यालयमा हाल ६७ जना बालबालिका रहेका छन् । 
 



नयाँ