arrow

सत्ता गठबन्धनको बैठक : सिट बाँडफाँटमा पुन: छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
gathabandhan-2078-12-22.jpg
फाइल तस्विर

काठमाडौं । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ ।  गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतः आजै टुङ्गो लगाउने सहमति पनि भएको छ ।   

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।

बिहानको बैठकमा छलफल जारी रहेको र खानाका लागि केही समय स्थगन गरी बैठक पुनः शूरु भएको छ । 

प्रधानमन्त्रीका कानून विज्ञ एवं समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीका अनुसार बैठकमा विशेषगरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा छलफल भएको बताए । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ