arrow

'भ्रष्टाचार लुकाउन वीरगञ्जका मेयरले पत्रकारकी श्रीमतीलाई दिए जागिर'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
jasapaj.PNG

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेता प्रदीप यादवले मेयर विजय कुमार सरावगीले पत्रकारकी श्रीमतीहरूलाई जागिर दिएको आरोप लगाएका छन् । जसपाले वीरगञ्जमा गरेको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रहेका प्रदीप यादवले आफुले गरेको भ्रष्टाचारको ढाकछोप गर्न वर्तमान मेयर सरावगीले पत्रकारकी श्रीमतीहरूलाई जागिर दिएको आरोप लगाएका हुन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले जसपा छोडेर नेकपा एमाले प्रवेश गरेका छन् । उनी जसपाले आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउदै आएका छन्।

सांसद यादवले मधेशी जनताको मतबाट जितेर अहिले मधेस विरोधी ओलीको झोलीमा गएर मधेशी जनताको मतको अपमान गरेको बताएका छन् । समाज र पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई टिकट दिलाएर जिताएकोमा पश्चात्ताप लागेको बताउँदै यादवले भने, व्यापारीहरूले मात्रै चिनेको र वीरगञ्जका वडावासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफी चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।’

वर्तमान मेयर सरावगीले चितवनसहित बाहिरका व्यक्तिलाई रोजगारी दिएको बताउँदै सांसद यादवले जसपाबाट राजेशमान सिंह बनेपछि वीरगञ्जबासीलाई नै रोजगारी दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । मेडिकल माफिया, तेल माफिया एवम् भ्रष्टाचारी तथा कमाउनिष्टहरुलाई परास्त गरेर समृद्धि, सुशासन एवम् पारदर्शीताका लागि एकजुट हुनुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ