arrow

कांग्रेस परित्याग गरि कांग्रेस वीपीमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
congress-bps.PNG

काठमाडौं | स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल परिवर्तनको होडबाजी चलिरहेको छ | विशेष गरि नेपाली कांग्रेस सहित सत्तारुढ दलहरू पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने बताउन थाले पछि पार्टी परित्यागको लहर नै चलेको छ | 

आज नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य कुमारी आभा शर्मा नेपाली कांग्रेसका नेताहरूले सत्ता र पदका लागि पार्टीको नीति सिद्धान्त र विचार छोडेको भन्दै नेपाली कांग्रेस परित्याग गरि आज नेपाली कांग्रेस (वी.पी.) मा प्रवेश गरेकी छिन |

शर्मालाई पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच पार्टीका केन्द्रीय सभापति सुशीलमान शेरचनले टिका र खादा लगाएर साधारण सदस्यता प्रदान गरेका थिए | शर्मालाई साधारण सदस्य प्रदान पछि आज नै सभापतिले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनयन गरेका छन् | शर्मा २०१५ सालमा नेपाली कांग्रेसबाट प्युठान क्षेत्रबाट निर्वाचित सांसद स्व. अनि रुद्र शर्माकी जेठी छोरी हुन् | 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति सुशीलमान शेरचनले नेपाली कांग्रेस सिद्धान्त विहीन पार्टी भएकोले आफ्नो पार्टीको स्थापना गर्न परेको बताएका छन् |

 उनले भने नेपाली कांग्रेसलाई बिगार्ने नभई नेपाली कांग्रेसका सच्चा र इमानदार नेता कार्यकर्ताहरूको पार्टी नेपाली कांग्रेस (वी.पी.) बन्ने बताए | उनले सम्पूर्ण कांग्रेसका नेता कार्यकर्ता तथा शुभचिन्तकहरूले अब चार तारा झन्डा र वी.पी., गणेशमान, कृष्णप्रसाद, सुवर्णलाई सम्झेर आफ्नो पार्टीको चुनाव चिन्ह करुवामा मतदान गर्न आग्रह गरे |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ