arrow

सुख केमा छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
Buddha.advice2_.jpg

एक दिन भिक्षुहरू बसेर संसारमा सबैभन्दा ठूलो सुख के हो भन्ने कुरा गरिरहेका थिए। उनीहरू भन्थे,' यदि संसारमा सुख थियो भने हामी किन छोडेर आयौ ? जब संसारमा दुःख मात्र रहन्छ, तब मात्र मानिस सन्न्यासी बन्छ। जब यहाँ केही छैन भन्ने कुराको बुझाइ हुन्छ। खाली पानीका बवुल हो, आकाशमा बनेको इन्द्रेणीहरू जस्तै हुन्, आकाश कुसुम हो, यहाँ केही पनि छैन, तब मात्र कोही सन्न्यासी बन्छ। संन्यासको तात्पर्य संसार व्यर्थ हो जानेर, अनुभवले, आफ्नै अनुभूतिले ।'

तब अचानक भगवान् बुद्ध आउनुभयो। पछाडि उभिएर उहाँले भिक्षुहरूको कुरा सुन्नुभयो। आश्चर्य मान्नुभयो र भन्नुभयो, 'तिमिहरू भिक्षु भएर पनि यो के भन्दछौ ? सारा संसार दुःखमा छ । कोही भन्छन् राज्यमा सुख छ, कोही भन्छन् काम सुख-दुःखमा छ। कसैले खानामा सुख भनेको छ स्वाद; यी सबै के भनिरहेका छौ ? यो सुन्दा मलाई आश्चर्य लाग्छ । यी सबैमा सुख छ भने यहाँ किन आएको ? खुसी पनि एउटा अनुभूति हो।' 

बुद्धले भन्नुभयो, 'दुःख नै सत्य हो । र,सुख छैन यो पनि होइन । तर संसारमा छैन। संसारको अर्थ नै हो जहाँ सुख देखिन्छ। र यो छैन पनि । जहाँ आभास हुन्छ, प्रतीति हुन्छ, सङ्केत मिल्छ। तर जसै नजिक जान्छौ थाहा हुनेछ यो छैन।'

'त्यसो भए सुख कहाँ छ?' बुद्धले भन्नुभयो, ‘ बुद्धोत्पादमा सुख छ। तिमी भित्र बुद्धको जन्म भए सुख छ। तिमी भित्र बुद्धको अवतार भयो भने सुख छ। बुद्धोत्पाद यो एक धेरै अनौठो शब्द हो। तिमी भित्र बुद्धको उदय होस्। तब सुख छ । 

तिमि जब जाग्छौ तब सुख छ। निन्द्रामा दुःख छ, बेहोशीमा दुःख छ, ब्युँझनुमा सुख छ। धर्म श्रवणमा सुख छ। त्यसैले परम सुख बुद्धोत्पाद हो; तिमीमा बुद्धत्व उत्पन्न होस । यदि अहिले भएन भने दोस्रो नम्बरको सुख छ- जसको बुद्ध ब्युँझिएको छ, उनको कुरा सुन्दा पनि सुख मिल्छ । धर्म श्रवणमा सुख मिल्छ।

'अब सुन जो जागेको छ । जसले केही देखेका छन्। उनका गुणहरू। तर त्यो खुसीमा नरोकिनु, सुनेर रोकियो भने एक किसिमको सुख त मिल्नेछ, तर यो पनि धेरै टाढा जाने वाला छैन।

बुद्धले अघि भन्नुभयो, “समाधिमा सुख हुन्छ। बुद्धोत्पादमा सुख छ, यो नै सुखको परम व्याख्या हो। यस्तो भएको छैन । त्यसैले उनको भनाइ सुन्नु, जसमा यो क्रान्ति भएको छ, तिनीहरूको नजिकै बस । जसको भित्र सूर्यको उदय भएको छ। ऊसँग रम त्यहीँ सुख छ। तर त्यतिमै नरोकिनु ।'

 'ध्यानमा राख जो उनीहरूले पाएका छन् त्यसलाई तिमिले पाउनुपर्छ । त्यो मार्ग समाधि हो। बुद्धको कुरा सुन र बुद्ध जस्तै बन्ने प्रयास गर। त्यो प्रयासको नाम हो समाधि। त्यही प्रयासको फल हो बुद्धोत्पोद । बुद्धको वचन सुन, त्यसपछि बुद्ध जस्तै बन्ने प्रयासमा लाग - ध्यान, समाधि, योग। र जुन दिन तिमी बन्छौ, त्यो दिन परम सुख मिल्नेछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ