arrow

पोखरामा अर्थमन्त्रीको गाडीको ठक्करबाट ३५ वर्षे पतिको मृत्यु, पत्नी गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
Accident.jpg

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ एक्लेखेतका ३५ वर्षका मीनबहादुर पाइजा रहेका छन् । 

सो दुर्घटनामा मीनबहादुरकी श्रीमती दानुमाया पाइजा गम्भीर घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

नयाँ वर्षका दिन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामजी बराल (जीवन) ले प्रयोग गर्दै आएको ग१झ ४४५ नम्बरको गाडीले पाइजा दम्पत्ति सवार ग१६प ५१८१ नम्बरको मोटरसाइकललाई पोखरा ३२, गगनगौंडामा ठक्कर दिंदा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते मीनबहादुरको पाँच दिनपछि सोमबार मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ