- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँँदै १६३ रनमा समेटिएसँगै बैंगलोर विजयी भएको हो । लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । बैंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो । कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए ।
अंक तालिका
यो खेलपछि बैंगलोर ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । गुजरात टाइटान्स ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै राजस्थान रोयल्स ६ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ ।
लखनऊ जाइन्टस् ७ खेलबाट ८ अंकसहित चौथो तथा सनराइजर्स हैदराबाद ६ खेलबाट ८ अंकसहित पाचौं स्थानमा छ ।
कोलकाता नाइट राइडर्स ७ खेलबाट ६ अंकसहित छैटौं र ६ खेलबाट ६ अंकसहित पंजाब किंग्स सातौं स्थानमा छ ।
५ खेलबाट ४ अंकको दिल्ली क्यापिटल्स आठौं, साविक विजेता चेन्नई सुपर किंग्स ६ खेलबाट २ अंकसहित नवौं तथा अंकविहीन पूर्व विजेता मुम्बई इन्डियन्स पुछारमा छ ।
बुधबारको खेल
बुधबार एउटामात्र खेल हुनेछ । बुधबार दिल्ली र पंजाब भिड्ने छन् । खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।