arrow

नेटफ्लिक्सले पहिलो पटक दुई लाख भन्दा बढी सब्स्क्राइबर गुमायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
netflix.jpg

काठमाडौं। नेटफ्लिक्सले १० वर्षको अवधिमा पहिलो पटक दुई लाख भन्दा बढी सब्स्क्राइबर गुमाएको छ । बेलायत र अमेरिकामा शुल्क बढाउँदा र रुसी बजारबाट बाहिरिएका बेला सब्स्क्राइबर गुमाएको कम्पनीले नै मंगलबार जानकारी दिएको हो ।

अझैं बढी सब्स्क्राइबर घट्ने चेतावनीका साथ नेटफ्लिक्सले अब, अकाएन्ट सेयर नगर्न मिल्ने बिषयमा झनै कडाइका साथ लाग्ने बताएको छ ।

लकडाउनका बेला बढेका सब्स्क्राइबारको संख्या घटेको कम्पनीले सेयरहोल्डरलाई बताएको छ । आउँदो तीनमहिनादेखि जुलाइसम्म थप २० लाखले प्लेटफर्म छोड्नसक्ने चेतावनी कम्पनीले लगानीकर्ताहरुलाई दिएको छ ।

सन् २०२२ को पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा कम्पनीले आफ्नो राजस्वसमेत घट्न थालेको जनाएको छ । घर परिवारमा अकाउन्ट सेयर हुनु यसको प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । यसअघि सन् २०११ मा कम्पनीले सब्सक्राइबर गुमाएको थियो ।

यद्यपि, अहिले पनि नेटफ्लिक्ससँग विश्वभर २ करोड २० लाखको हाराहारीमा सब्स्क्राइबरहरु छन् । कम्पनीले सब्स्क्राइबर घटेको, थप घट्ने सम्भावना रहेको चेतावनी दिँदा एकै दिनमा कम्पनीको शेयर  मूल्य २० प्रतिशतले घटेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ