arrow

जसपालाई जिताउने गतिविधिमा लाग्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
jasapajs.PNG

वीरगञ्ज। जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट सम्पन्न भएको छ । वीरगञ्जस्थित जिल्ला समन्वय समितिको सभागृहमा बुधबार पार्टीका वरिष्ठ नेताहरुको उपस्थितिमा कार्यकर्ता भेटघाट सम्पन्न भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर प्रसौनीका नेता तथा कार्यकर्तासँग भएको भेटघाटमा नेताहरुले जसपाका उम्मेदवारहरु जिताउने गतिविधिमा लाग्न आग्रह गरेका थिए ।

निर्वाचनको २४ दिन मात्र बाकी रहँदा गाउँगाउँ टोलटोलमा पुगेर जसपाका उम्मेदवारहरुका लागि छाता छापमा मत माग्न कार्यकर्ताहरुलाई सांसद् प्रदीप यादवले निर्देशन दिए । 

मधेशी जनताको अधिकार प्राप्ति र पर्सा जिल्लाको विकासका लागि जसपा एक मात्र विकल्प रहेको बताउँदै उनले पार्टीका उम्मेदवारहरुको बढीभन्दा बढी कसरी आउन सक्छ भन्ने तर्फ कार्य गर्न आग्रह गरेका थिए ।

त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्जमा निर्वाचन केन्द्रित गतिबिधिहरुलाई थप तीव्रता दिनुपर्ने बताए । उनले प्रत्येक वडामा जसपाका कार्यकर्ताहरुले चुनाव केन्द्रित गतिविधि बढाएर जसपा प्रतिको माहोल सृजना गर्न आग्रह गरे ।

कार्यक्रममा सङ्घीय परिषद् सदस्य शिवजी सोनी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ