arrow

अर्थमन्त्री शर्माको राजीनामा मागे कांग्रेस महामन्त्री शर्माले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
bishwa-prakash2.JPG
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् । 

विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’ 

कांग्रेस महामन्त्री विश्वप्रकाशले अर्थमन्त्रीको नाम उल्लेख नगरी उनको राजीनामा माग गरेका हुन् । ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ