arrow

काँग्रेसलाई कसैको बैसाखी चाहिँदैन : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
shekher-koirala-nsu-program.jpg

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले काँग्रेस कमजोर नभएको दाबी गरेका छन्। कमजोर नभएका कारण काँग्रेसलाई कसैको बैसाखी जरुरी नभएको उनको भनाइ छ।

नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट सहारा नचाहिने तर्क ग ।  काँग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो।

‘नेपाली काँग्रेस कमजोर छैन। एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौँ भन्ने आत्मविश्वास छ। काँग्रेसलाई कसैको बैसाखी चाहिएको छैन’, कोइरालाले भने।

उनले पार्टीको निर्णय विरुद्ध गठबन्धन भएको बताए। केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबै कुराको लेखाजोखा गर्ने बताए।

तर अहिले काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ