arrow

पन्जाबलाई ९ विकेटले हराउँदै दिल्ली छैटौं स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
Screenshot 2022-04-21 074925.jpg

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।

११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा अविजित रहँदै ६० रन बनाए । पृथ्वी शाले २० बलमा ४१ रन बनाए । 

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र  ११५ रन बनाएको थियो । पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २–२ विकेट लिए । कुलदीप प्लेयर अफ द म्याच भए । 

अंक तालिका

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित  आठौं स्थानमा छ ।

गु्जरात टाइटान्स र रोयल च्यालेन्जर्स बैंगलोर समान १० अंकबाट पहिलो र दोस्रो स्थानमा छन् । समान ८ अंकबाट राजस्थान रोयल्स, लखनउ जाइन्टस र सनराइजर्स हैदराबाद तेस्रोदेखि पाँचौं स्थानमा छन् । 

दिल्लीसहित कोलकाता र पन्जाबको ६ अंक छ । चेन्नई सुपर किंग्सको २ तथा मुम्बई इन्डियन्स अंकविहीन रहँदै पुछारमा छ । 


 



नयाँ