arrow

आफ्ना लागि पढौं अरुका लागि लेखौं, राइटर्स इन्टरनेशनल नेपालको वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
278538855_3208749006113453_178378532527382765_n.jpg

काठमाडौं । लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । राजधानीको कमलादीमा सम्पन्न सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ जगमान गुरुङ र विशिष्ट अतिथि राइटर्स इन्टरनेशनलका ग्लोवल अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा, साहित्यको सेवा र विस्तारमा लामो समयदेखि निरन्तर समर्पित र योगदान दिने तीन संस्थाहरूका प्रतिनिधिहरूलाई (शारदा मासिक पत्रिका–बिमल भौकाजी, ।गुन्जन नारी साहित्य संस्था –जलेश्वरी श्रेष्ठ र  वासु शशि स्मृति परिषद् – प्रधुम्न जोशी) जनही रू ५१००० र प्रमाणपत्र सहित सम्मान गरे । 

सोही कार्यक्रमममा साहित्यकार विमला अधिकारीको मनकली उपन्यास विमोचन गरिएको थियो । विमोचित पुस्तकबारे समालोचक उपप्रा मनमाया पोख्रेल र डाक्टर गोविन्दमान सिंह कार्कीले समीक्षात्मक टिप्पणी गरेका थिए । आफ्ना लागि पढौं, अरुका लागि लेखौं भन्ने अवधारणालाई साकार तुल्याउन गठित राइटर्स इन्टरनेशनल विश्वका ११ मुलुकमा क्रियाशील रहेको र नेपालमा पनि लेखक संसारले यसको आवद्धता ग्रहण गरेकोमा यस संस्थाका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरिएको कार्यक्रममा आगामी दिनमा राइटर्स इन्टरनेशनल विस्तार हुँदै विश्वभर फैलदै जाने सो संस्थाका अध्यक्ष ज्ञानेन्द्र गदालले बताए । 

‘जीवनलाई वर्षले होइन कर्मले नाप्नु पर्दछ’ भन्दै आफ्नो सभापतीय मन्तव्मा उपमा आचार्यले संस्थाको गतिविधि र उद्धेश्यबारे प्रकाश पारेकी थिइन् । २०७७ सालमा नेपाल च्याप्टर गठन भए पनि कोरोना कहरको कारण यो वर्षमात्र प्रथम वार्षिकोत्सव गर्नु परेको र आगामी वर्षहरूमा हरेक बैशाख ७ मा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाइने पनि आचार्यले बताइन् ।

गायक प्रकाश तिमिल्सिनाले ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीत गाएर सभालाई सांगीतिक माहौल प्रदान गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ