arrow

अब नोकिया बार फोनहरूमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
noikia-mobile.PNG

काठमाडौं । अब नेपाली उपभोक्ताहरूले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । 

टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबै जना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन् । उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरूमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । 

यो क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले अनधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१०, र १२५ मोडलमा लागु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ