arrow

कांग्रेसले केन्द्रको निर्णय पोखरामा स्वीकार्‍यो, उपमेयरको नाममात्रै सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
five-parties-new.jpg

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीलाई स्वीकारेको छ । गण्डकी प्रदेश कार्यसमितिले बिहीबार उपमेयरको नाम मात्रै केन्द्रमा सिफारिस गरेको छ । 

यहाँ मेयरका लागि १८ र उपमेयरमा १० जना आकांक्षी थिए । तर गठबन्धनमा मेयर एकीकृत समाजवादीले पाउने भएपछि मेयर छोडेर उपमेयरको नाम मात्रै पठाइएको हो ।

प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले उपमेयरका आकांक्षीको मात्रै नाम पठाउने निर्णय गरेको हो । सिफारिस हुनेमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसी छन् ।

पोखरा महानगर समितिले संकलन गरेर प्रदेशलाई सिफारिस गरेकै नाम प्रदेशले केन्द्रमा पठाएको हो । अहिले कांग्रेसभित्र मेयर छोडेर उपमेयरमा रस्साकस्सी बढेको छ ।

पाँच दलीय गठबन्धन दलले महानगरपालिकाको मेयरमा गरेको भागबण्डाअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा टिकट पाएको छ । माओवादी केन्द्रले भरतपुर, नेकपा एसले पोखरा तथा जसपाले वीरगञ्ज पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ