arrow

पेप्सीकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
accident-final-1618290232.jpg

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । 

जडिबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल राति पौने १० बजे सडक छेउँमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । 

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ