arrow

एक महिनामै सीएनएन प्लस बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
cnnplus.PNG

काठमाडौं। सीएनएन न्युज नेटवर्कको स्ट्रिमिङ सर्भिस सीएनएन प्लस सञ्चालनमा आएको एक महिनामै बन्द हुने भएको छ । सीएनएनका नयाँ सीईओ क्रिस लिच्टले बिहीबार अप्रिल ३० मा सीएनएन प्लस बन्द हुने घोषणा गरेका हुन् ।

सीएनएन प्लस कन्टेन्ट र कमजोर टिमका कारण नभएर उपभोक्ता अथवा आम मानिसले सामान्य किसिमले सहज सेवा र सबै सम्भवतः एकै ठाउँबाट चाहेको कुरालाई ध्यान दिँदै सञ्चालनमा आएको एक महिनामै बन्द हुन लागेको सीईओ लिच्टले बताएका छन् ।

तथापी कर्मचारीहरुले आगामी ३ महिनासम्मको तलब पाउने छन् । यस्तै सीएनएनमै काम मिल्न नसकेका र छोड्ने कर्मचारीलाई कम्पनीले ६ महिनाको सेवा सुविधा दिने भएको छ ।

कम्पनीले सीएनएन प्लसमार्फत फरक किसिमले प्रस्तुत हुने र दर्शकहरूमाझ समाचारलाई थप अन्तरक्रियात्मक कसरी बनाउने भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेको थियो।

पछिल्लो वर्षहरुमा थुप्रै स्ट्रिमिङ सेवाहरु आउँदै हराउँदै गएका छन् । तर, सीएनएन जति छोटोसमयमा भने सायदै कोही बजारमा आएर बन्द भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ