arrow

महानगर मा‌ओवादीको भागमा परेपछि चितवन कांग्रेसले दियो निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
five-partise=2079-election.jpg

चितवन । भरतपुर महानगरपालिका मा‌ओवादी केन्द्रलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि नेपाली कांग्रेस चितवनले निर्देशन दिएको छ । कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको हो ।

 पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । भरतपुर महानगरपालिकामा कांग्रेसको भागमा उपमेयर परेको छ। जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच महानगर बीच माओवादी केन्द्रलाई चितवनको महानगर दिने भागबन्डा मिलेको हो । भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाल मेयरको रूपमा रहेकी छन् । 

खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु ।”

“आसन्न स्थानीय निर्वाचनमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसाथ गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै  केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्ण पालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु” विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ