arrow

फ्रान्सको उच्चस्तरीय कार्ड प्रिन्टर प्राइमेसी-२ नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
278587324_352529160034067_3405230787101820526_n.jpg

काठमाडौँ। फ्रान्सको एवोलिस कम्पनीले उत्पादन गरेको प्राइमेसी-२ कार्ड प्रिन्टर नेपालमा आएको छ। एवोलिस फ्रान्सको नेपालका लागि अधिकृत बिक्रेता बारकोड नेपाल इंक प्राली अनामनगरले यो कार्ड प्रिन्टर नेपाल भित्र्याएको हो।

भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२२ मा आयोजित कार्यक्रममा बारकोड नेपाल इंकले  शुक्रबार नेपालमा उक्त कार्ड प्रिन्टरको शुरुआत गरेको हो । कार्यक्रममा क्यानका प्रतिनिधिलगायत विभिन्न आईटी कम्पनीसँग सम्बन्धित कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

एवोलिस कम्पनीको कार्ड प्रिन्टर बिक्री र गुणस्तरका हिसाबले संसारमै प्रसिद्ध छ । बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री वितरण गर्दै आएको छ। 

हालै बिक्रीमा ल्याएको प्राइमेसी–२ कार्ड प्रिन्टरबाट मध्यम र ठूला कार्यालयहरूको आईडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिन्छ। 

यसले प्रतिघण्टा २ सय ८० वटा रङ्गिन कार्ड छाप्न सक्छ। यस प्रिन्टरमा यूभी प्रिन्टिङ, रि–राइटेबल कार्ड प्रिन्टिङ, डबलले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको छ। यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठूलो हुपर राखिएको छ।

प्राइमेसी–२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिन्छ। यस सेरिजमा बैंकिङ कार्डहरू छाप्न आवश्यक पर्ने इन्कोडरहरु जडान गर्न मिल्ने गरी डिजाइन गरिएको छ। 

विश्वका १ सय ४० भन्दा धेरै देशको पहिलो रोजाइमा रहेको एवोलिस कार्ड प्रिन्टर नेपालमा विभिन्न बैङ्क, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न आयोगहरू, सरकारी कार्यालयलगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ