- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो । दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे ।
राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो ।
राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए ।
दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।
जितसंगै राजस्थानले सात खेलबाट ५ खेलमा जित सहित १० अंक बनाउदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ ।
जारी लिगमा मुम्बई इन्डियन्सले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।
आजका खेल
आज दिउँसो ३ः४५ बजे गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्स तथा बेलुकी ७ः४५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद खेल्नेछन् ।