arrow

दुई मोटरसाइकल एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
accident-final.jpg

सप्तरी । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५, मलेकपुरमा आज बिहान दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १-०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १-०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ