arrow

रियाल बेटिसलाई कोपा डेल रेको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
copa-del-ray-real-betis-2022.jpg

काठमाडौं । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियाल बेटिसले स्पेनिश कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १–१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

पेनाल्टीमा रियाल बेटिस भाग्यशाली रह्यो । सन् २००५ यता रियाल बेटिसले पहिलो उपाधि जितेको हो । रियाल बेटिसको क्लब इतिहासमा यो चौथो पटक ठूलो उपाधि जितेको हो ।

हालसम्म उसले एक ला लिगा उपाधि र दुई स्पेनिश कपको उपाधि जितेको छ । म्यानेजर म्यानुएल पेलेग्रीनीले सन् २०१५–१६ मा इङ्गलिश क्लब म्यानचेस्टर सिटी छाडेयता पहिलो ट्रफी उचालेका हुन् ।

सन् २०१० यता बार्सिलोना र रियाल मड्रिडविहीन कोपा डेल रे फाइनल दोस्रो पटक खेलिएको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ