arrow

ला लिगामा २८ औँ चरण सकिँदा बार्सा र रियाल मड्रिडको दूरी चार अंकको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
barcelona-sevia-26-3-15.jpg
तस्बिर : एएफपी ।

काठमाडौँ । स्पेनिश लिग ला लिगा फुटबलमा २८ औँ चरणका खेल सकिएका छन् । अहिलेसम्मको खेलअनुसार बार्सिलोना शीर्ष स्थानमा छ भने रियाल मड्रिड दोस्रो स्थानमा छ । अंकदूरी चार अंकको रहेको छ । 

बार्साको ७० अंक हुँदा मड्रिडको ६६ अंक छ । तेस्रो स्थानको एथलेटिको मड्रिडको ५७ तथा भिल्लारियलको ५५ अंक छ । छैटौँ स्थानको रियाल बेटिसको ४४ अंक छ । 

इल्चे, लेभान्ते र रियाल ओभिएडो रेलिगेशन क्षेत्रमा छन् । 

गएरातिका खेलको नतिजा 
गएरातिका खेलमा रियाल मड्रिडले इल्चेलाई ४–१ ले हरायो । बार्साले सेभियालाई ५–२ ले हरायो ।

मयोर्काले स्पानियोललाई २–१ ले हराउँदा रियाल बेटिस र सेल्टाभिगोले १–१ गोलको बराबरी खेले ।

त्यस्तै रियाल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ