arrow

धादिङमा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
accident-final_1618193180.jpg

धादिङ । धादिङमा सवारी दुर्घटना हुँदा पाँच पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङबेँशी आउँदै गरेको बा५ख ८४४३ नम्बरको बसले गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१-०२५ च २९६८ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार पाँच जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कार चालक तनहुँ खैरेनी घर भएका वर्ष ३५ का दिलबहादुर बस्नेत, भारत उत्तरप्रदेश घर भएका अन्दाजी वर्ष ४५ वर्षीय विमल चन्द्र अग्रवाल, सोही ठाउँ घर भएका अन्दाजी ३६ वर्षीय साधना अग्रवाल, ४२ वर्षीयाका सन्ध्या अग्रवाल र ५० वर्षीय राकेश अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

यस्तै, दुर्घटनामा घाइते धादिङको नीलकण्ठ-११ का राम परियारको काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ