arrow

पाँच पटकको च्याम्पियन मुम्बईको खराब रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
rohit-sharma-pity.jpg
तस्बिर– पीडामा कप्तान रोहित शर्मा ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यसपालि खराब रेकर्ड बनाएको छ । पूर्वविजेता मुम्बईले लगातार आठौं हार बेहोरेको छ । यो सिजनमा अहिलेसम्म मुम्बईले एक अंक पनि बटुलेको छैन । 

लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले आठौं हार बेहोरेको हो । आइतबार मुम्बईमा मुम्बई पराजित भएसँगै  प्ले अफको सम्भावनासमेत लगभग सकिएको छ । 

जितका लागि १६९ रनको लक्ष्य पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले  ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए । जितसंगै लखनऊ ८ खेलबाट ५  जित सहित १० अंक बनाएर चौथो स्थानमा छ ।  मुम्बई ८ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

रोहित शर्मा भारतीय क्रिकेट टिमका पनि कप्तान हुन् । तर उनको प्रदर्शन भने निकै नै पीडादायी रहेको छ । 

१२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स, लखनउ जाइन्टस र रोयल च्यालेन्जर्स बैंगलोरको समान १० अंक छ । 

दिल्ली क्यापिटल्स, कोलकाता नाइट नाइट राइडर्स र पंजाब किंग्सको समान ६ अंक छ । चार पटकको च्याम्पियन साविक विजेता चेन्नई सुपर किंग्स ४ अंकसहित नवौं स्थानमा छ । 


 



नयाँ