arrow

विराटनगरमा उपेन्द्र यादवका छोरा उम्मेदवार 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख १२ सोमबार
upendra-son.jpg

मोरङ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरालाई विराटनगरको उपमेयरमा उठाउने निर्णय गरेको छ ।

चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका लागि पार्टीको उम्मेदवार बनाएको हो ।

पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पार्टीको मुख्यालयमा बसेको बैठकले यादवलाई विराटनगरमा उपमेयर र वीरगञ्ज महानगरपालिको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ