arrow

परिवारवाद

उपेन्द्र यादवले छोरालाई राजनीतिमा अघि बढाउँदै, उपमेयरमा सिफारिश 

परिवारवादमा महन्थ र राजेन्द्र पनि कम छैनन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
aramendra-yadav.jpg

काठमाडौ । एक मात्र छोरा अमरेन्द्र यादवलाई राजनीतिमा अघि बढाउने नीति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बनाएका छन् । यही कारणले उनले अमरेन्द्रलाई विराटनगर महानगरपालिकाको उपमेयरमा सिफारिश गरेका छन् । 

आइतबार राति बसेको पार्टीको कार्यकारिणी समितिले विराटनगरको उपमेयरमा अमरेन्द्र यादव र वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरूको भागबण्डामा वीरगञ्ज महानगरपालिकाको मेयर तथा विराटनगर उपमहानगर पालिकाका उपमेयर जसपाको भागमा परेको छ । 

स्रोतका अनुसार आफ्नो भागमा विराटनगरको मेयर लिन सत्तारुढ गठबन्धनसँग अध्यक्ष यादवले अन्तिम समयसम्म प्रयास गरेका थिए । मेयर पाउन नसक्ने भएपछि उपमेयरमा अडान राखेका थिए । उपमेयर पनि नपाए गठबन्धनबाट बाहिरिने सम्मको चेतावनी उनले दिएका थिए । 
 
अमरेन्द्र जसपाको विराटनगर महानगर कमिटीका अध्यक्ष पनि हुन् । अमरेन्द्रलाई विराटनगर कमिटी अध्यक्ष बनाउन अध्यक्ष यादवले काठमाडौंबाटै भूमिका निभाएका थिए । यसअघि उनले छोरालाई तत्कालीन समाजवादी पार्टीको विदेश विभागको सदस्य बनाएका थिए । 

‘तत्कालीन केपी शर्मा ओलीको सरकारमा स्वास्थ्य मन्त्री भएको बेला उपेन्द्रले आफ्नो छोरा अमरेन्द्रलाई मन्त्रीको सचिवालयमा राखेका थिए । त्यतिखेर मन्त्रालयको अति महत्वपूर्ण निर्णयमा होस् या उच्च कर्मचारीहरूको सरुवा बढुवामा होस्अमरेन्द्रको चासो रहन्थ्यो’, स्रोतले भन्यो । 

यता, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफ्नो सम्धीलाई सकेसम्म ठूलो अवसर दिलाउने गर्छन् । २०७४ को निर्वाचनपछि महन्थले आफ्ना  सम्धी उमाकान्त झालाई पार्टीको लेटरप्याडमा पार्टीका शीर्ष नेताहरुलाईसमेत थाहा नदिइ तत्कालीन प्रदेश ५ को प्रदेश प्रमुखमा सिफारिश गरेका थिए । 

प्रदेश प्रमुखबाट हटेपछि महन्थले सम्धीलाई पार्टीको कार्यकारिणी समितिमा राखेका छन् । यता राजेन्द्र महतोले पत्नी, भतिज र ज्वाइँलाई अवसर दिलाउने काम गरेका छन् । 

दोश्रो संविधान सभाको निर्वाचनमा पत्नी शैलीदेवी महतोलाई संविधान सभा सदस्य बनाएका थिए । भतिज उपेन्द्र महतोलाई मधेस प्रदेशको प्रदेश सभा सदस्य बनाएका छन् । 

यसैगरी ज्वाइँ अनिल महासेठलाई पार्टीमा अवसर दिने काम गरेका छन् । आफू मन्त्री भएको बेला ज्वाइँलाई नछुटाइ सचिवालयमा राख्ने गर्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ