arrow

बेथानचोकमा गठबन्धनबाट कांग्रेस नेता अधिकारी अध्यक्षको उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
bhagwan-adhikari-congress.jpg

काभ्रे । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन्। काभ्रे कांग्रेसले सोमबार अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अधिकारीले आजै उम्मेदवारी दर्ता गर्नेछन् । पत्रकारितामा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए । उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकिकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ