- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिक्लिए पछि कांग्रेस एक्लै चुनावमा होमिएको हो ।
१० वटै पालिकामा कांग्रेस एक्लै चुनाव लड्न लागेको हो । कपिलवस्तुको ६ नगरपालिका र ४ गाउँपालिकामा लड्ने उम्मेदवारको नाम टुङ्गो लागेको हो ।
कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मिरा थारु, महाराजगन्ज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन् ।
यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देवी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन् ।
पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मिरा थारु यस अघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए ।
कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यस अघि मेयरमा जितेका उम्मेदवार हुन । २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रवेश गरी मेयरमा उम्मेदवारी दिँदै छन् ।
उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम आइतबार नै टुङ्गो लगाएको थियो । चन्द्रौटामा भएको बैठक पछि शुद्धोदन, मायादेवी र बिजयनगर गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुङ्गो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।
मायादेवी गाउँपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उपप्रमुखमा सरस्वती यादव, शुद्धोदन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र उपप्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउँपालिको प्रमुखमा रफिक मुसलमान र उपप्रमुखमा निशा थारुले टिकट पाएका हुन ।
यस्तै यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र बिन्द्रावती यादव ले उपप्रमुखमा टिकट पाएका छन् । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए ।
यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेबी पाण्डेयले भने यस अघिको निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन ।