arrow

४३ अर्ब डलरमा आजै ट्विटर एलन मस्कलाई बेचिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
elonmusktwitter.PNG

काठमाडौं । टेस्ला एवं स्पेसएक्सका मालिक विश्वकै धनाढ्य एलन मस्कले ट्विटरलाई ४३ अर्ब अमेरिकी डलरमा किन्न अघि सारेको प्रस्ताव ट्विटरले स्वीकार गर्दै मस्कलाई कम्पनी बेच्ने लगभग टुङ्गो लागेको रिपोर्टहरूले जनाएको छ ।

आज अर्थात् सोमबार नै ५४.२० डलर प्रति शेयरका दरले मस्कलाई ट्विटर बेच्ने डिल टुङ्ग्याउने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, अन्तिम समयमा यो डिल रद्द हुनसक्ने सम्भावना भएको समेत स्रोतको दाबी छ ।

मस्कले आफ्नै क्षमता ट्विटर किन्न खोजिरहेका हुन्, उनले आफ्नो कुनै अर्को कम्पनीलाई ट्विटर किन्नमा संलग्न गराएका छैनन् ।

प्रि ट्रेडिङमा ट्विटरको शेयर ४.५ प्रतिशतले बढेर ५१.१५ अमेरिकी डलर पुगेको बताइएको छ । मस्कले ट्विटर एक स्वतन्त्र र सुरक्षित प्लेटफर्म हुनका लागि एक व्यक्तिले चलाउन आवश्यक रहेको बताउँदै आएका छन् ।

यसअघि उनले कम्पनीको सबैभन्दा बढी सेयर किनिसकेका छन् । यद्यपि, उनी बोर्डमा भने बसेका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ