arrow

भूकम्प स्मृति दिवसमै गयो भूकम्प, लियो सात्तो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
earthquake-final.jpeg

काठमाडौं । नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । 

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ । २०७२ साल बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको गोरखा भूकम्पको स्मृति दिवस मनाइरहँदा सो भूकम्प गएको हो । 

जसका कारण धेरैको सात्तो लिएको छ । सात वर्षअघि गएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लिएको थियो । हजारौं घाइते भएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ