arrow

अध्यक्षकै गृहजिल्लामा जसपामा पहिरो, पार्टी छाडेर अन्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा कार्यकारिणी समितिका सदस्य मनिष सुमनको गृह जिल्ला सप्तरीमा जसपामा पहिरो गएको छ ।

जसपाबाट राजविराज नगरपालिकाको मेयरमा चुनाव जितेका शम्भुप्रसाद यादवले जसपा  छाडेका छन् । उनले माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । 

यसैगरी सप्तरीकी महिला नेतृ प्रमिला साहले पनि जसपा छाडेकी छिन् । उनले माओवादी केन्द्रबाट राजविराज नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छिन् । 

यसैगरी जसपाबाट राजविराज नगरपालिकामा चुनाव जितेका वडाध्यक्षहरुले पनि जसपा छाडेको घोषणा गरेका छन । 

वडाध्यक्षहरुमा हरिहर यादव नेपाली कांग्रेसमा, लाली यादव माओवादी केन्द्रमा तथा राजेन्द्र यादव एमालेमा प्रवेश गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ