arrow

एलन मस्कले किने ट्वीटर, तिरे ४४ बिलियन डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
elon-musk.jpg
तस्बिर– फाइल

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले सामाजिक संजाल ट्वीटर किनेका छन् । उनले ट्वीटरलाई ४४ बिलियन अमेरिकी डलरमा किनेका हुन् । मस्कले हरेक शेयरका लागि ५४.२० टलर चुकाउनु पर्ने हुन्छ । 

ट्वीटरका इन्डिपेन्डेन्ट बोर्डका प्रमुख ब्रेट टेलरले मध्यरातपछि प्रेस विज्ञप्ति जारी गर्दै मस्कले ट्वीटर किनेको जानकारी दिएका हुन् । 

यो सम्झौताअघि नै मस्कले ट्वीटर किन्ने संकेत दिइसकेका थिए । उनले लेखेका थिए, ‘आशा छ कि मेरो सबैभन्दा खरा आलोचकहरु ट्वीटरमा रहिरहने छन् । यही नै स्वतन्त्र अभिव्यक्तिको अर्थ हो ।’

विश्वकै सबैभन्दा धनी मस्क ५० वर्षका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ