arrow

प्लेअफ सम्भावनाबाट टाढिँदै चेन्नई, पन्जाबसँग पराजित, धवनको शानदार ब्याटिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
ipl-2022-04-26.jpg

काठमाडौं । चेन्नई सुपर किङ्सलाई ११ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।

चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो । पन्जाबका प्लेयर अफ द म्याच शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे ।  चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए ।

प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।

पुछारको मुम्बई इन्डियन्सले अंक जोडेको छैन । मुम्बई प्लेअफ सम्भावनाबाट लगभग बाहिरिएको छ । त्यस्तै चेन्नईको सम्भावना पनि कमजोर हुँदै गएको छ । 



नयाँ