arrow

ट्रिपरको ठक्करबाट स्कुटर चालक ज्ञानेन्द्र मल्लको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
accident-final-1618290232.jpg

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा गएराति ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षिय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् । उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका स्कुटरमा पछाडि सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षिय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको छ । 

बा ४ ख ८५८१ नम्बरको ट्रिपरले गएराति साढे १२ बजे बाग्मति प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

दुबै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ