arrow

मोरङमा चार हजार ८५६ जना उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
election-2079.jpg

विराटनगर । आसत्र स्थानीय तहको निर्वाचन-२०७९ का लागि मोरङ जिल्लामा सबै पालिकामा सौहार्द्रपूर्ण वातावरणमा राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरुले आ-आफ्ना उम्मेदवारको मनोनय दर्ता सम्पत्र गरेका छन् ।

सो क्रममा सबै पालिकाहरुमा  प्रमुख पदसहित सबै पदमा गरी चार हजार ८५६ जनाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ ।

प्राप्त जानकारीअनुसार एक महानगरपालिका र छवटा नगरपालिका रहेको मोरङमा विराटनगर महानगरपालिकामा प्रमुख उपप्रमुखसहित ७५४, लेटाङ नगरपालिकामा प्रमुख उपप्रमुखसहित १६१, सुन्दरहरैचामा प्रमुख-उपप्रमुखसहित ३१३ , बेलबारी नगरपालिकामा प्रमुख-उपप्रमुख सहित २९९, पथरीशनिश्चरे नगरपालिकामा प्रमुख-उपप्रमुखसहित २८०, उर्लाबारी नगरपालिकामा प्रमुख-उपप्रमुखसहित २९४, रङ्गेली नगरपालिकामा प्रमुख-उपप्रमुखसहित  २८६, सुनवर्षी नगरपालिकामा प्रमुख-उपप्रमुखसहित २७६, रतुवामाई नगरपालिकामा प्रमुख-उपप्रमुखसहित २४९ गरी कूल तीन हजार १९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै गाउँपालिकातर्फ केराबारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १९०, मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित २४७ , कानेपोखरी गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित १९०, बूढीगङ्गा गाउँपालिका अध्यक्ष-उपाध्यक्षसहित १९१, ग्रामथान गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित १९५, कटहरी गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित २०४, धनपालथान गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित १८२ र जहदा गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित २६५  गरी कूल एक हजार ६६४  जनाले उम्मेदावारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ