arrow

सबैभन्दा ठूलो दान

logo
बुद्ध,
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
gautam-buddha1.jpg

काठमाडौं । केही दिनको विहार पछि भगवान् बुद्ध मगधको राजधानी राजगृहबाट प्रस्थान गर्न लाग्नु भएको थियो। जब मानिसहरूले यो कुरा थाहा पाए तब उहाँलाई उपहार आदि लिएर भेट्न आउन थाले। बुद्ध आफ्ना चेलाहरूसँग बसेर मानिसहरूबाट उपहारहरू लिइरहनुभएको थियो । 

सम्राट् बिम्बासरले उहाँलाई जमिन, खाद्य, लत्ताकपडा, सवारी साधन आदि उपलब्ध गराए। शहरका सेठहरूले पनि उनको धनधान्य र सुनका गहनाहरू चरणमा चढाए । सबैको दान स्वीकार गर्न बुद्धले दाहिने हात उठाएर स्वीकृतिको सङ्केत गर्नुभयो।

भीडमा एउटी वृद्धा पनि थिइन् । उनले बुद्धलाई भनिन्- "भगवान्, म धेरै गरिब छु। तपाईँलाई दिन मसँग केही छैन। आज रुखबाट खसेको आँप भेटे । जब म खादै थिए तब बिदाइको खबर सुने । त्यति बेलासम्म मैले आधा आँप खाइसकेकी थिएँ । म पनि तपाईँलाई केही दिन चाहन्छु तर मसँग यो आधा खाएको आँपबाहेक केही छैन। यो म तपाईँलाई भेट दिन चाहन्छु। कृपया मेरो प्रस्ताव स्वीकार गर्नुहोस्।"

त्यहाँ उपस्थित जनसमुदाय, राजा-महाराजा र सेठहरूले देखे भगवान् बुद्ध आफ्नो आसनबाट उठेर तल आएर दुबै हात फैलाएर वृद्धाको आधा आँप ग्रहण गर्नुभयो।

सम्राट् बिम्बासरले अचम्मित हुँदै बुद्धलाई सोधे- “भगवान्, तपाईँले अनौठो तथा बहुमूल्य उपहार हात हल्लाएर लिनुभयो । तर यी वृद्धाको बचेको आँप लिन आसनबाट तल आउनुभयो ? यसमा त्यस्तो विशेषता के छ?"

बुद्ध मुस्कुराउनुभयो र भन्नुभयो-“यी वृद्धाले आफ्नो सबै सम्पत्ति मलाई दिएकी छिन् । तपाईँले मलाई जे दिनुभएको छ त्यो तपाईँको सम्पत्तिको अंश मात्र हो र बदलामा तपाईँले दान गरेको अहङ्कार पनि आफ्नो मनमा राख्नुभएको छ। यी वृद्धाले मेरो प्रति अपार माया र श्रद्धा राख्दै मलाई सर्वस्व अर्पित गरिन् फेरी पनि उनको अनुहारमा कत्रो नम्रता र करुणा छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ