arrow

कोहलीको कमजोर खेलले बैंगलोर समस्यामा, राजस्थान शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
rajasthan-ipl-2022.jpg

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । 

मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बैंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे । 

तर पूर्व कप्तान विराट कोहली भने ‘आउट अफ फर्म’ देखिएका छन् । उनले गत वर्षसम्म कप्तानी सम्हालेका थिए । यसपालि आफैं कप्तानी छाडे । अनि उनको ब्याटिङ पनि चम्किन छाड्यो । 

उनले यो खेलमा केबल १० बलमा ९ रन बनाए । उनी जारी आईपीएलको कुनै पनि खेलमा राम्रो फर्ममा देखिएका छैनन् । उनले कुनै पनि खेल जिताएका छैनन् । 

कोहली यसअघिको सनराइजर्स हैदराबाद विरुद्धको खेलमा डकआउट भए । त्यसअघिको लखनउ जाइन्टसविरुद्धको खेलमा पनि डकआउट भए । 

दिल्ली क्यापिटल्स विरुद्धधको खेलमा १४ बलमा १२ रन बनाए । चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ३ बलमा १ रन बनाए । मुम्बई विरुद्धको खेलमा ३६ बलमा ४८ रन बनाएर फर्ममा रहेको आशा जगाए । 

राजस्थानविरुद्धको पहिलो खेलमा ६ बलमा ५ रन बनाए । कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा ७ बलमा १२ रन बनाए । 

यो खेलमा राजस्थानका कुलदिप सेनले ४ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको थियो । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए । यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाए । 

बैंष्लोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २(२ विकेट लिए ।

जितसँगै राजस्थानले ८ खेलबाट  १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स अहिलेसम्म अंकविहीन छ । 

आज गुजरात र हैदराबाद बेलुकी पौने ८ बजे खेल्नेछन् । 



नयाँ