arrow

‘आउट अफ फर्म’ मा कोहली 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
kohli-bad-form-ipl.jpg

काठमाडौं । विराट कोहली आधुनिक क्रिकेटमा नामै काफी छ । क्रिकेटका भगवान भनेर चिनिने सचिन तेन्दुलकरले बनाएका थुप्रै रेकर्ड तोड्दै आएका भारतीय पूर्व क्रिकेट कप्तान । सचिनले पहिले रेकर्ड राख्दै गए कोहलीले तोड्दै गए । उनी अझै आधा दशक सक्रिय क्रिकेट खेल्ने हो भने सचिनका बाँकी रहेका धेरै जसो रेकर्ड कोहलीले तोड्ने छन् भन्ने विश्वास धेरैमा छ । 

सचिन आफैंले पनि कोहली क्रिकेटको दुनियाँमा छाउन थालेपछि उनले आफ्ना रेकर्ड तोड्ने बताएका थिए । प्रेरणा पाएसँगै हौसिएका कोहलीले धेरै रेकर्ड तोडे पनि । तर अचानक गत वर्ष उनले भारतीय राष्ट्रिय टिमको कप्तानी छाडे । 

कप्तानी छाडेपछि कोहलीलाई रन बटुल्न झन् सहजै हुने अनुमान गरियो । तर उनले अपेक्षा विपरीत खेलिरहेका छन् । उनको ब्याटले रन बटुल्न बिर्सेको छ । 

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा त उनको एक खेलमा बाहेक कुृनै पनि खेलमा ब्याटले रन बटुलेन । 

रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै आएका कोहलीले मंगलबार राति पुनेमा भएको खेलमा राजस्थान रोयल्सविरुद्ध पनि उल्लेखनीय खेल्न सकेनन् । 

कोहली ‘आउट अफ फर्म’ देखिएका छन् । उनले गत वर्षसम्म कप्तानी सम्हालेका थिए । यसपालि आफैं कप्तानी छाडे । अनि उनको ब्याटिङ पनि चम्किन छाड्यो । 

उनले यो खेलमा केबल १० बलमा ९ रन बनाए । उनी जारी आईपीएलको कुनै पनि खेलमा राम्रो फर्ममा देखिएका छैनन् । उनले कुनै पनि खेल जिताएका छैनन् । 

कोहली यसअघिको सनराइजर्स हैदराबाद विरुद्धको खेलमा डकआउट भए । त्यसअघिको लखनउ जाइन्टसविरुद्धको खेलमा पनि डकआउट भए । 

दिल्ली क्यापिटल्स विरुद्धधको खेलमा १४ बलमा १२ रन बनाए । चेन्नई सुपर किंग्सविरुद्धको खेलमा ३ बलमा १ रन बनाए । मुम्बई विरुद्धको खेलमा ३६ बलमा ४८ रन बनाएर फर्ममा रहेको आशा जगाए । 

राजस्थानविरुद्धको पहिलो खेलमा ६ बलमा ५ रन बनाए । कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा ७ बलमा १२ रन बनाए । 

ओपनिङ भने राम्रो गरेका थिए । उनले २९ बलमा अविजित रहँदै पंजाब किंग्सविरुद्ध ४१ रन बनाएका थिए । यद्यपि यो खेल बैंगलोरले ५ विकेटले हारेको थियो । 

म्याच विनर कोहलीको फर्म कहाँ चुक्यो । यसको जवाफ अबका दिनमा उनले नै दिनेछन् । 

३४ वर्षीय कोहलीले टेष्टमा १०१ खेलबाट २७ शतक र २८ अर्धशतकसहित ८ हजार ४३ रन बनाएका छन् । जसमा उच्च स्कोर अविजित २५४ रन हो । 

एक दिवसीयमा २६० खेलमा १२ हजार ३११ रन बनाएका छन् । जसमा ४३ शतक र ६४ अर्धशतक रहेको छ । 

टी–२० मा ९७ खेलबाट अविजित ९४ सहित ३० अर्धशतकसहित ३ हजार २९६ रन बनाइसकेका छन् । 

टी–२० का सबै स्तरका खेल गरेर १० हजार ४ सय भन्दा बढी रन बनाएका छन् । जसमा ५ शतक र ७६ अर्धशतक सामेल छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ