arrow

शेखर कोइरालाको अपीलः अहिले कांग्रेस जिताउन लागौं, चुनावपछि विकृति, विसंगति र आर्थिक चलखेलको समीक्षा हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
shekhar-Koirala.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबैसँग आग्रह गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेस पार्टीको विभिन्न तहका नेता, भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपील गरेका हुन् । 

नेता कोइरालाले कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचनपछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने विश्वास दिलाउँदै सोही अनुरुप पार्टी सुधारको प्रकृयामा आफू दृढताका साथ उभिने पनि बताएका छन् । 

उनले विज्ञप्तिमा ‘निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ’ भनेका छन् । 

डा. कोइरालाले ‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’

उनले टिकटकै कारण चर्को असन्तुष्टि देशभरिबाट आइरहेको भन्दै त्यो असन्तुष्टिबाट पार्टी छाडेर गएका कांग्रेसी नेताहरुलाई मूलधारमा फर्कन समेत आग्रह गर्दै लेखेका छन्, ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ । ती साथीहरुलाई कांग्रेसको मूल प्रवाहमा फर्कन म आग्रह गर्दछु ।’ 

यस्तो छ विज्ञप्ति–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ