arrow

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
diwas-sapkota-ceo-fone-pay.jpg

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको सञ्चालक समितिले बुधबारेदेखि लागु हुने गरी सापकोटालाई सिइओको रूपमा नियुक्त गरेको हो। सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रूपमा कार्यरत थिए।

सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रूपमा काम सुरु गरेका थिए। उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए। एभरेस्ट बैङ्कबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ। आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्‍याउने विश्वास कम्पनीले लिइएको छ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्युआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तर बैङ्क फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ