- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य अजयबाबु शिवाकोटीले कांग्रेसको घोषणापत्रबाट आत्तिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरु बर्बराउन थालेको आरोप लगाएका छन् ।
राजधानीमा भएको कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै नेता शिवाकोटीले अध्यक्ष केपी शर्मा ओली लगायतका एमालेका नेताहरुले कांग्रेसको जनताको आवाज बोकेको घोषणापत्र पढेर बर्बराउन थालेको बताएका हुन् ।
उनले बिरालोले खाँबो चिथोरेजस्तै केपी ओली बर्बराइरहेको अवस्था रहेको पनि बताएका छन् । उनले भने, ‘बर्बराइरहने ओली ३० गतेपछि कुन अवस्थामा पुग्ने हुन् थप उपचारका लागि पठाउनु पर्ने अवस्था आउने पनि बताएका छन् ।
ओलीले अहिलेसम्म राज्यकोषबाट उपचारका लागि २० करोड रुपैयाँ खर्च गरिसकेको सन्दर्भ जोड्दै भने, ‘बरु अरु २० करोड रुपैयाँ खर्च गरौंला जुन बर्बराउने अवस्थाबाट उनी गुज्रिरहेका छन् यो नगुज्रिने अवस्था बनाउनका लागि हामी स्थानीय तहदेखि केन्द्रसम्म जित्दै गर्दा उनलाई यो अवस्थाबाट मुक्त गराउने छौं ।’