arrow

मेयरका उम्मेदवार स्थापितलाई महतले भने - काठमाडौंमा फर्केर आउँछु भन्ने सपना नदेखे हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
mahat-isthapit.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितलाई काठमाडौं फर्केर आउँछु भन्ने सपना नदेखे हुन्छ भनेका छन् । महानगरमा कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम बोल्दै महतले यस्तो बताएका हुन् । 

प्रवक्ता महतले भने - मैले स्थापितले उम्मेदवारी दर्ता गरेपछि सुनेको थिए 'ग्याम इज ओभर' । म भन्छु वहाँको ग्‍याम इज ओभर । अव बाग्मतीमा धेरै पनि बगी सक्यो । फेरी फर्केर आउँछु भन्ने सपना नदेखे हुन्छ । राजनीति मनोरञ्जनको विषय होइन ।' 

महतले काठमाडौं महानगरले सक्षम महिला उम्मेदवार पाउनु विशेष गरि महिलाहरूका लागि गर्वको कुरा भएको बताए । 'यो अवसर हामीले गुमाउने हो भने भोलि प्रश्न उठ्नेछ । काठमाडौँको मेयर जित्नु भनेको अन्य ५० बटा नगरपालिका जित्नु बराबर हो ।' महतले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ