arrow

निष्काशित मल्लले त्यागे प्रदेश सांसदको पद

logo
सुनील आउजी,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
karna-malla.PNG

धनगढी । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन् । आज डडेल्धुरामा पत्रकार सम्मेलन गर्दे मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।

 पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा आफूहरूलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेका थिए । केही दिन अघि मात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरि उनलाई कारबाही गरेको थियो।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन् ।

उक्त समूहले नेकपा एमालेसँग गठबन्धन समेत गरेको छ। उनीसँगै काँग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ