arrow

नेपाल–दक्षिण कोरिया सीधा उडानका लागि पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
278992125_1338051126704233_8091103705966235708_n.jpg

सउल । दक्षिण कोरियास्थित विभिन्न राजनीतिक दलका प्रवास संगठनहरुले नेपाल–दक्षिण कोरिया नियमित उडान संचालनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । उनीहरुले नेपालदेखि कोरिया वा कोरियादेखि नेपाल जान सक्ने सहज वातावरण हुँदाहुँदै अहिलेसम्म चार्टर्ड फ्लाईट महंगो रकम तिरेर आउने र जाने परिस्थिति रहेको भन्दै त्यसलाई निराकरण गरेर चार्टर्ड उडान स्थगित गरी नियमित उडान संचालनको लागि कोरियास्थित विभिन्न राजनीतिक दलका प्रवस सङ्गठनहरूले सरसल्लाह गरेर नेपाल सरकार, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानको लागि अनुरोध सहितको ज्ञापन पत्रसँगै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

नेपाली कांग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको नेतृत्वमा विभिन्न ६ वटा प्रवास संगठनको संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्र नेपाली राजदूतावास सउल र कार्यबाहक राजदूत रामसिंह थापामार्फत बुझाइएको हो । 

नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र सभापति भजिन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा नेपाली राजदूतावासमा गएर ध्यानाकर्षण पत्र बुझाइएको हो । 

उल्लेखित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरुका साथै कोरियामा रहेका सामाजिक क्षेत्रका अगुवाहरुको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न भएको कुरा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री रामप्रसाद उप्रेतीले बताए । 

त्यस्तै कोरियामा रहेका मजदूरका समस्या, मौसमी कामदारको रूपमा अनधिकृत ढङ्गले मानिसहरू ओसारपसार गर्दा र कोरियामा वैधानिक भिसा समाप्त गरी अवैधानिक ढंगले बसोबास गर्दै जाँदा रोजगार अनुमति प्रणाली ईपीएसको कोटामा समस्या हुने कुरा पनि राजनीतिक दलका प्रतिनिधिहरु तथा कोरियाका लागि कार्यबाहक राजदूत थापाबीच कुराकानी भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ