arrow

मुस्ताङमा बस दुर्घटना, एकको मृत्यु, १२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
Bus accident mustang.jpg

पोखरा । मुस्ताङमा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङ रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार कागबेनी मोडमा ना५ख २१४९ नम्बरको बसले ग७प ५७२ नम्बरको स्कूटरलाई ठक्कर दिएर अनियन्त्रित भइ बस सडकबाट करिब ३० मिटर तल खसेको छ । 

बस कागबेनीबाट जोमसोम हुँदै पोखरा फर्कदै थियो । बसमा बिराटनगरका तीर्थयात्री सवार थिए ।

दुर्घटनामा १२ तीर्थयात्री घाइते भएको र उनीहरुको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

प्रहरीले बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ