arrow

पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभा आइतबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
five-parties-new.jpg

काठमाडौं । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई  गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् । 

संयुक्त चुनावी सभा आइतबार १८ बैशाखमा सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार १९ बैशाखमा लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार २० बैशाखमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ । 

बुधबार २१ बैशाखमा भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौंमा संयुक्त चुनावी सभा हुने भएको हो ।

यही ८ बैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयुन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो ।  

गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ